Social Icons

.

Pages

Featured Posts

Thursday, November 28, 2013

लुगलुग कमाउँदा


जाडोले लुगलुग कमाउँदा तातेर बस्नु छैन
नशाले छुदैछुन्न खाएपनि मातेर बस्नु छैन
दुनिया  रमाउँछ  पिरतिमा अनेक गरि गरि
मेरो त केहीछैन सुकुम्बासी ढाँटेर बस्नु छैन

Wednesday, November 27, 2013

बाचा कसम

साथ दिने बाचा कसम तोडेर जादैछु 
हो प्रिय म अब तिम्लाई छोडेर जादैछु
'चन्द्र' छुने लक्ष्य बोकी हिडेकी छौ रे तिमि
गन्तब्य हिन मेरा पाइला मोडेर जादैछु                                       

Tuesday, October 8, 2013

“उल्टो”

विनोद प्रिय पौडेलढिकुरपोखरी–५ कास्की 
हाल पृथ्वीनारायण क्याम्पस 
एम.एड. दोश्रो वर्ष





आखिर आज यो संसारमा ..............?ठिक उल्टो, “उल्टो” मनहरुको आवेगले हरेक प्रणीमा सताईरहेको छ । त्यस्तै मनहरुको वगैचामा म त्यस्तो मन जुन मन भित्रको सुन्दर आकास अनि कल–कल आवाज रुपी तनहरुको धुनलाई यसरी प्रवाहीत गर्दछु । समय अनि पैतालाहरु पनि कति छिटो परिवतीत हु“दो रहेछ ,आखिर म संग त्यी पैलताहरु पनि थिए, जुन पैतलाहरुमा साधारण टेकाईमा पनि पीडारुपी आवेगले मस्तीस्कमा घच्चघचाउने गरेको पाउथ्ये आज पनि म संग त्यीनै पैतला अनी पैतालारुपी यात्रा, गोरेटोसंग साथ दिने मेरो अन्तर मनको साथी तरड्ड अनि आदेश रुपी मन रहेता पनि साधारण स्पर्शले पनि मनभित्रको प्रशारणरुपी नसाहरुले कुनै प्रवाह गदैनन किन? समय अनि पिडाहरुको भण्डारमा प्रवेश गर्दा साधारण पिडाहरुको महशुस नभएको होला, पिडा पिडा नै हो । 

संसारमा म जुन व्यक्ति अनि पथको साथ लिल्छु त्यहा मैले हरेक रुप अनि त्यही रुप, रुपी मनको आवेशरुपी क्रियाकलाप.......... वगैचारुपी तन संगै वगेको मानव मन अनि त्यसको क्रियाकलाप .................. भिन्न भिन्न हुन्छ । यस्तै वगैचाहरुको यात्राको क्रममा देशको विभिन्न ठाउ अनि त्यही वगैचाका फुल संगैहाते मालो गर्ने अन्तर मन संगको नातासम्वन्ध, त्यसको वासनाको आवास अनि त्यी फुलहरुको पिडा वेदना अनि आग्रह वुझ्न तिर लाग्दछु । यस्तैमा धार्मिक स्थल जुन संसारीक मोहवाट मुक्त मिल्ने ठाउ“ मनभित्रको सुन्दर वासना मिल्ने ठाउ“ तर पनि म त्यस्तो देख्दीन, मेरो कान अनि मस्तीकको सामु यस्ता आवाजले प्रवेश गर्दछन ।“संसारमा सवैभन्दा ठुलो पैसा रहेछ”ह वावु दया गर, ओ भाई गरिवको लागि केही देदो ,दाई एक रुपैया दिनुहोस न, पुन म त्यो आवाजको काल्पनीक मनरुपी प्रतिक्रिया गर्दछु ,आफु भित्र सहयोग र सद्भावका तनहरुले ए तैले पनि सहयोग नगर्ने भन्ने गर्छ एक मनले सहयोगको लागि अग्रसर हुन्छ अनि आफैमा वाधीन्छन मेरा हातहरु के गर्ने यो पापी संसारमा विचरा सवै घर परिवार आफन्त अनि छोराछोरी भएर पनि विचरा त्यी पशुपति प्रवेश नजिकै अन्दाजी वर्ष ७० का वुढा वावाको त्यो मनभित्रको वेदनारुपी पिडा आज पनि मेरो मनभित्र डुवुल्की मारेको छ । स्वयम म आफै आज महशुस गर्दै छु पैसा भन्ने के रहेछ आखिर यो संसारमा पैसा छ त सवै थोक छ अन्नेथा केही पनि नभएको वेसाहारा कन्गाल वनाएको छ । कति सहयोग रुपी मन अनि त्यी यात्राहरु अगाडि वढाए तर स्वयम आफ्नै मनरुपी रगतको नाताले त यस्तो दुषाराघात गर्दा रहेछन भन्ने सोच्दछु अनि झन मनभित्र यस्तै आवाज अनि वेदनाका धुनहरुले गुन्गुनाउन थाल्दछन्.................
    एकातिर आफु असफल भनु वा चालिएका पैतलाहरुमा काडारुपी झाडिहरुको महसुश गर्दछु भने अर्को तर्फ यस्तै वगैचा अनि सडकमा उम्म्रीएको दुवालाई आफ्नो डसनारुपी कम्वलको अनुभुति गर्ने मेरो मनलाई सोध्न पुग्छु आखिर संसार यस्तै रहेछ । जसलाई जे जसरी भए पनि सहयोग सहकार्य गनुपर्दछ मेरो कर्म अनि सहयोगरुपी कदम त्यो ढलरुपी मनका वेगहरुले नवुझे पनि यतिका सम्म सारथीको रुप दिने मेरो वुवा आमा अनि तीनै पथहरुका सामना गर्न सक्ने भगवान प्रती आस्थावान वन्दछु । मे पिडा अनि दुःख रुपी मनको सागर अझै मलाई दुःख पिडा दे मेरो मन पनि त्यती कमजोर र तुक्ष्ँित छैन तेरा दुःख पिडा र वेदनाका झाडीलाई पन्छाउने सामर्थको आड म संग छ..............................................
धन्वाद...........

Wednesday, April 10, 2013

कस्तो रहेछ माया

binodpreya
कस्तो रहेछ माया छोड्न नसकिने
मन फेरी अन्त मोड्न नसकिने
ज्यान गए जान्छ भन्ने ठानेपछि
नाता दरो हुने तोड्न नसकिने

Tuesday, April 9, 2013

गजलका थुँगाहरु श्रृंखला -4


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा" 
गजलका थुँगाहरु श्रृंखला -4
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-28)
नमस्कार साथीहरु, आज मिति 2069-12-28 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।



Thursday, April 4, 2013

मेरो जिवनको प्रस्तावरुपी प्रेम पत्र

केवल उनको लागि
आत्मीय.............

स्वीकार गरिदेउ यो हृदस्पशी विनोदको तर्फवाट लाखौ लाखका प्रेमरुपी अनि मिठा गुलावी गुथाहरु अनि गन्तव्यहिन यात्राका दिर्धकालिन सम्झनाका लहरहरु ल.............
................. खै कहांवाट शुरुवात गरु यो मित्रताका हातहरु जव,आफैमा वाधिएका छन । कुन वाटोवाट पुगु तिम्रो हृदयमा जहाँतही काँडाहरु छन । कसरी यात्रा गरु क्षितिजपारीको तिम्रो मनको देशमा जव मेरा पैतलाहरुमा काँडा विझिरहेका छन । तर पनि यात्रा गर्दैछु तिम्रो गन्तव्य सम्म आउनु मलाई वाटोसम्म लिन आउनु अनि ति अप्ठाराहरु पन्छाइदिनु ल । जीन्दगीको दोभानमा भेटिएर दुई किनारा लागेको हाम्रो जीन्दगी कुन गन्तव्यमा वगीरहेछ त्यो त आफैलाई थाहा छैन तर स्वच्छ र निर्मल भावले वगीरहेको यो नदिमा कहिले काँही ढुङगाहरु आइपर्दा छालको रुप देख्छु म अर्को किनारवाट अनि भगवान संग प्राथना गर्छु त्यस्ता वाधाहरु आइनपरोस त्यो वाटोमा कहिल्यै पनि खहरेको सामना गर्न नपरोस यो तरङ्गमय यात्रामा मेरो मनले वोलाउछ तिमिलाई अनि तिमिसामु पुग्न खोज्छु अनि सोध्न थाल्छु कहाँसम्म हामो यात्रा? यात्रामा किन दुई किनारावाट यात्रा गर्ने जव पुग्ने वाटो एउटै होला सायद । त्यसैले............ नजिक आउ मेरो नजिक म विचसम्म आइसकेको छु । मत आतुर भएको छु तिम्रो अनि मेरो वेदनाका पोकाहरु फुकाउन अनि दुःख शुःखको भारि विसाउने चौतारी वनाउन जहाँ दुई वृक्ष एउटै छाँया अनि एउटै तरङगमा वगेको हावा जसले प्रेमको प्यास पनि मेटाइदिन्छ । अनि जीवनका दुःख पनि विर्साइदिन्छ हैन र ? ...... मेरो भावना अनि आत्मियताको कदर गर्नेछौ भन्ने आसमा पखाईका घडिहरु कुरीरहेछु आज वाध्य अनि विवश छु म तिम्रो मायाको भिख माग्न त्यसैले मेरो मनको आवाजलाई सुनिदिनु तिम्रो मिठास स्वरको प्रतिक्षामा नजिक आउदै छु पर्खिवस्नु अनि पवित्र मनको दैलो खोली वस्नु ...........................


उही तिम्रो मायाको प्यासी
विनोद प्रिय पौडेल

खोलि तरौँ...

खोलि तरौँ भनी छोडेर पारि गयौ
चोखो माया मेरो तोडेर पारि गयौ
जुनी जुनी सम्म मायाले बेर्छु भनी
किन तिमि लक्ष्य मोडेर पारि गयौ