Social Icons

.

Pages

Thursday, March 21, 2013

बगाएर गयौ..

छुट्ने बेला आँशु भल बगाएर गयौ
बाध्य भई दुखी मन लगाएर गयौ
भुल्छु भन्दै थियो मन चोटहरु सारा
फेरि आज सबै पीडा जगाएर गयौ

Sunday, March 17, 2013

गजलका थुँगाहरु श्रृंखला - 3


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
"अर्जुन पौडेलको परिकल्पनामा"
गजलका थुँगाहरु श्रृंखला - 3
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-12-05)
Facebook Page
नमस्कार साथीहरु, आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।

Wednesday, March 13, 2013

तपाई आफ्नो परियच कसरी दिनुहुन्छ व्यक्ति अनुसार फरक फरक विचार भावना र व्यवहार हुने गर्दछन त्यसैमा म फरक पन देख्दछु त्यसैले विचार,भावना र सोही अनुरुपको व्यवहार नै मेरो वास्तविक परिचय हो । म हरेकको नजरमा सोही अनुरुप को चिनारीको पात्र वनेको छु । संसारमा जो कोही व्यक्ति पनि स्वत रुपमा आफुलाई प्रतिकात्मक रुपमा प्रतिविम्वित भएको छैन त्यसैले आफ्नो परिचयको सुरुवात गरौ.........................