Social Icons

.

Pages

Showing posts with label प्रियसीलाई चिठी. Show all posts
Showing posts with label प्रियसीलाई चिठी. Show all posts

Thursday, April 4, 2013

मेरो जिवनको प्रस्तावरुपी प्रेम पत्र

केवल उनको लागि
आत्मीय.............

स्वीकार गरिदेउ यो हृदस्पशी विनोदको तर्फवाट लाखौ लाखका प्रेमरुपी अनि मिठा गुलावी गुथाहरु अनि गन्तव्यहिन यात्राका दिर्धकालिन सम्झनाका लहरहरु ल.............
................. खै कहांवाट शुरुवात गरु यो मित्रताका हातहरु जव,आफैमा वाधिएका छन । कुन वाटोवाट पुगु तिम्रो हृदयमा जहाँतही काँडाहरु छन । कसरी यात्रा गरु क्षितिजपारीको तिम्रो मनको देशमा जव मेरा पैतलाहरुमा काँडा विझिरहेका छन । तर पनि यात्रा गर्दैछु तिम्रो गन्तव्य सम्म आउनु मलाई वाटोसम्म लिन आउनु अनि ति अप्ठाराहरु पन्छाइदिनु ल । जीन्दगीको दोभानमा भेटिएर दुई किनारा लागेको हाम्रो जीन्दगी कुन गन्तव्यमा वगीरहेछ त्यो त आफैलाई थाहा छैन तर स्वच्छ र निर्मल भावले वगीरहेको यो नदिमा कहिले काँही ढुङगाहरु आइपर्दा छालको रुप देख्छु म अर्को किनारवाट अनि भगवान संग प्राथना गर्छु त्यस्ता वाधाहरु आइनपरोस त्यो वाटोमा कहिल्यै पनि खहरेको सामना गर्न नपरोस यो तरङ्गमय यात्रामा मेरो मनले वोलाउछ तिमिलाई अनि तिमिसामु पुग्न खोज्छु अनि सोध्न थाल्छु कहाँसम्म हामो यात्रा? यात्रामा किन दुई किनारावाट यात्रा गर्ने जव पुग्ने वाटो एउटै होला सायद । त्यसैले............ नजिक आउ मेरो नजिक म विचसम्म आइसकेको छु । मत आतुर भएको छु तिम्रो अनि मेरो वेदनाका पोकाहरु फुकाउन अनि दुःख शुःखको भारि विसाउने चौतारी वनाउन जहाँ दुई वृक्ष एउटै छाँया अनि एउटै तरङगमा वगेको हावा जसले प्रेमको प्यास पनि मेटाइदिन्छ । अनि जीवनका दुःख पनि विर्साइदिन्छ हैन र ? ...... मेरो भावना अनि आत्मियताको कदर गर्नेछौ भन्ने आसमा पखाईका घडिहरु कुरीरहेछु आज वाध्य अनि विवश छु म तिम्रो मायाको भिख माग्न त्यसैले मेरो मनको आवाजलाई सुनिदिनु तिम्रो मिठास स्वरको प्रतिक्षामा नजिक आउदै छु पर्खिवस्नु अनि पवित्र मनको दैलो खोली वस्नु ...........................


उही तिम्रो मायाको प्यासी
विनोद प्रिय पौडेल