Social Icons

.

Pages

Friday, September 14, 2012

खुशी छु म

फूलै फुलको थुँगा पाएर खुशी छु म
नतोडिने कसम खाएर खुशी छु म

गोधूली साँझमा घामको पाईला खोज्न
मायालुको वस्तीमा धाएर खुशी छु म

तिम्रै निम्ती कोरिएका सुन्दर गजल
मन्दमन्दमा आफै गाएर खुशी छु म

सारा वन्धन हटाई मनको पीडा मेट्न
जूनीभरको माया लाएर खुशी छु म ♥♥

No comments:

Post a Comment