Social Icons

.

Pages

Friday, September 14, 2012

तीज विशेष


अव उत्ताउलो प्रवृत्ति छाएरै तीज मनाईन्छ
डिस्कोमा वियरसँग दर खाएरै तीज मनाईन्छ

सधैभरी चुलाचौका कति गरौं हजुर मेलापात
भैसी वेचीवेची ज्वलर्स धाएरै तीज मनाईन्छ

पवित्र जन्मथलो माईती गाउँ आँगन भुलीकन
पार्टी प्यालेस जताततै आएरै तीज मनाईन्छ

ईज्जत ढाक्ने पहिरन गुन्यू चौबन्दी फाली
नाईटो देखाउने साडी लाएरै तिज मनाईन्छ

आफ्नै संस्कृती अनी रितीरिवाज सबै भुली
पुरुषका रत्यौली भाखा गाएरै तीज मनाईन्छ

No comments:

Post a Comment