Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
Thursday, November 28, 2013
Wednesday, November 27, 2013
बाचा कसम
साथ दिने बाचा कसम तोडेर जादैछु
हो प्रिय म अब तिम्लाई छोडेर जादैछु
'चन्द्र' छुने लक्ष्य बोकी हिडेकी छौ रे तिमि
गन्तब्य हिन मेरा पाइला मोडेर जादैछु
Wednesday, April 10, 2013
Thursday, April 4, 2013
खोलि तरौँ...
खोलि तरौँ भनी छोडेर पारि गयौ
चोखो माया मेरो तोडेर पारि गयौ
जुनी जुनी सम्म मायाले बेर्छु भनी
किन तिमि लक्ष्य मोडेर पारि गयौ
चोखो माया मेरो तोडेर पारि गयौ
जुनी जुनी सम्म मायाले बेर्छु भनी
किन तिमि लक्ष्य मोडेर पारि गयौ
सुख लुटे...
सुख लुटे खुशी लुटे लुटे देशै पनि
धन लुटे तन लुटे लुटे पेसै पनि
गर्छु भने गर्न दिएँ गर्नै सके केनै
मार्छु बरु गोलि ठोकी बिग्रे एसै पनि
धन लुटे तन लुटे लुटे पेसै पनि
गर्छु भने गर्न दिएँ गर्नै सके केनै
मार्छु बरु गोलि ठोकी बिग्रे एसै पनि
Wednesday, April 3, 2013
पात भएँ म...
तिमी भयौ कोपिला पात भएँ म
दिन भयौ उज्यालो रात भएँ म
जोड्न खोजे पिरती हार्नु पर्यो म
तर्क भयौ मिलेको बात भएँ म
दिन भयौ उज्यालो रात भएँ म
जोड्न खोजे पिरती हार्नु पर्यो म
तर्क भयौ मिलेको बात भएँ म
Thursday, March 21, 2013
बगाएर गयौ..
छुट्ने बेला आँशु भल बगाएर गयौ
बाध्य भई दुखी मन लगाएर गयौ
भुल्छु भन्दै थियो मन चोटहरु सारा
फेरि आज सबै पीडा जगाएर गयौ
बाध्य भई दुखी मन लगाएर गयौ
भुल्छु भन्दै थियो मन चोटहरु सारा
फेरि आज सबै पीडा जगाएर गयौ
Subscribe to:
Posts (Atom)
